१२ वर्षदेखि माथिकालाई लगाउन एक करोड डोज खोप ‘बुक’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

१२ वर्षदेखि माथिकालाई लगाउन एक करोड डोज खोप ‘बुक’



काठमाडौं । सरकारले १२ वर्षभन्दा माथि उमेर समूहका लागि लगाउने गरी एक करोड डोज खोप ल्याउन बुक गरेको जनाएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडाले १२ वर्षभन्दा माथि र १८ वर्षभन्दा मुनीको समूहका नागरिकलाई लगाउने गरी एक करोड डोज कोरोनाभाइरसविरुद्धको खोप बुक गरिसकेको जानकारी दिएका हुन् । 

१८ वर्षभन्दा माथि उमेर समूहकालाई खोप लगाउने अभियान सुरु भइसकेका बेला सो उमेर समूहभन्दा कम उमेर समूहलाई लक्षित गरी सरकारले खोप ल्याउन थालेको हो ।  

१२ वर्षमाथिकालाई खोप लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले स्वीकृति दिइसकेको भन्दै मन्त्री खतिवडाले भने, ‘डब्लुएचओले अनुमति दिइसकेकाले १२ वर्षमाथिकालाई लगाउने गरी एक करोड डोज खोप ‘बुक’ गरिसकिएको छ ।  अमेरिकाबाट खरिद गरेर ल्याउने फाइजर र मोडेर्नाको एक करोड डोजले ५० लाखलाई पुग्छ।’ 

प्रकाशित : ११ कार्तिक २०७८, बिहीबार १३:५३