एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त



काठमाडाैं । नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगाल्नुभएकी बिजया स्वार यस एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुनुभएको छ ।

बैंकको सञ्चालक समितिको बैंठकले वहाँलाई उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक बिजया स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिनुभएको छ ।


फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गर्नुभएकी वहाँ कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गर्नुभई सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश हुनुभएको थियो ।

प्रकाशित : ११ कार्तिक २०७८, बिहीबार १२:३२