महालक्ष्मी विकास बैंकको ७८ हजार चार सय ६६ कित्ता संस्थापक सेयर बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी विकास बैंकको ७८ हजार चार सय ६६ कित्ता संस्थापक सेयर बिक्री खुला



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ । बैंकले आज (१० कात्तिक) देखि ७८ हजार चास सय ६६ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्ने गरी लिलामी बिक्री खुला गरेको हो ।

यो सेयर खरिदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, दरवारमार्ग, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ । बैंकले तोकेको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट उक्त सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थामा बिक्री प्रक्रिया अघि बढाइने छ ।

प्रकाशित : १० कार्तिक २०७८, बुधबार १२:५९