सुनको मूल्य आज प्रतितोला तीन सयले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुनको मूल्य आज प्रतितोला तीन सयले बढ्यो



काठमाडौं । साताको दाेस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँ कायम भएको हो । 

आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार नाै सय रुपैयाँ निर्धारण भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ रहेको थियो ।  

आइतबार चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो ।
 
 

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार १२:०५