ताप्लेजुङमा पाँच दिनदेखि इन्टरनेट र सञ्चार सेवा अवरुद्ध, बैंकिङ सेवाग्राहीदेखि तीर्थयात्रीसम्म प्रभावित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

ताप्लेजुङमा पाँच दिनदेखि इन्टरनेट र सञ्चार सेवा अवरुद्ध, बैंकिङ सेवाग्राहीदेखि तीर्थयात्रीसम्म प्रभावित



ताप्लेजुङ । ताप्लेजुङमा पाँच दिनदेखि इन्टरनेट र मोबाइल सेवा अवरुद्ध भएको छ । सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा सञ्चालित दूर सञ्चार सेवा अवरुद्ध बनेको छ । 

आइतबारदेखि बुधबार साँझसम्म अविरल पानी परेकाले अप्टिकल फाइबरमा समस्या आएका कारण दूर सञ्चार सेवा अवरुद्ध बनेको नेपाल टेलिकम कार्यालय ताप्लेजुङका प्राविधिक दिपेन खवासले जानकारी दिए । 

उनका अनुसार अविरल वर्षापछि पानी जमेका कारण इटहरी र विराटनगर तथा इलामको फिक्कलमा अप्टिकल फाइबरमा समस्या आएपछि सेवा अवरुद्ध बनेको हो । 

इन्टरनेट अवरुद्धले बैंकिङमा सेवामा समेत समस्या आएको छ । इन्टरनेट नहुँदा वित्तीय कारोबार गर्नका लागि चेक बोकेर बैंकसम्म पुक्ने बैंकका सेवाग्राहीहरू रित्तो हात फर्कनु परेको ताप्लेजुङको चन्द्र बहादुर पन्दाकले बताए । 

मोबाइल सेवा प्रदायक एनसेल, इन्टरनेट सेवा प्रदायक सुविसु, टेकमाईन र वर्डलिंकलगायतका सेवा पनि अबरुद्ध भएपछि बैंकिङ कारोबारमा समस्या आएको हो ।

मोबाइल सेवा अवरुद्ध हँुदा प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा पूजाआजा गर्न आउने तीर्थयात्रीहरू र विश्वको तेस्रो कञ्चनजंघा हिमालमा भ्रमण गर्न आउने पर्यटकहरूले समस्या खेप्नुपरेको छ । 
 

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार २१:०१