कृषि विकास बैंकको डिवेञ्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कृषि विकास बैंकको डिवेञ्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त



काठमाडौं । कृषि विकास बैंकले एनआईबीएल एस क्यापिटललाई डिवेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ । बैंकले आठ वर्ष अवधिको ६ अर्ब र नौ वर्ष अवधिको तीन अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको ‘कृषि ऋणपत्र को लागि डिवेञ्चर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन बैंकले कृषि ऋणपत्र जारी गरेको जनाएको छ । 

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार १६:५८