कोभिड नजरअन्दाज गर्ने ब्राजिलका राष्ट्रपतिलाई हुन सक्छ यस्तो सजाँय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कोभिड नजरअन्दाज गर्ने ब्राजिलका राष्ट्रपतिलाई हुन सक्छ यस्तो सजाँय



रियो दि जेनेरियो । ब्राजिलका राष्ट्रपति जैर बोलसानारोलाई मानवताबिरुद्धको अपराधमा अभियोग लगाउनुपर्ने एक प्रतिवेदनमा दर्शाइएको छ । कोभिड नियन्त्रणमा उनले देशमा केही कदम नचाल्दा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको भन्दै उनीबिरुद्ध मुद्दा लगाउनुपर्ने एउटा छानबिन समितिको प्रतिवेदनमा दर्शाइएको हो । 

ब्राजिलमा कोभिडबाट अहिलेस्म्म ६ लाख मानिसको मृत्यु भइसकेको छ । १२ सय पेज लामो सो प्रतिवेदनमा राष्ट्रपतिले कोभिडलाई ‘सामान्य फ्ल्यु’ भनेर नजर अन्दाज गरेको उल्लेख छ । त्यस्तै, खोप खरिदमा राष्ट्रपतिले ढिलाई गरेको पनि उनीमाथि आरोप छ । गत वर्ष संक्रमण भएका बोल्सोनारले आफूमा पर्याप्त प्रतिरोधात्मक क्षमता भएको बताएका थिए । 

छानबिन समितिलाई उनीमाथि अभियोग लगाउने हैसियत हुँदैन्  । तर, प्रतिवेदन राष्ट्रपतिका लागि कुनै पनि बेला प्रत्युत्पादक बन्न सक्छ । प्रतिवेदन सरकारी अभियोजनकर्ता, संघीय अदालत र हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा पठाउन सकिन्छ ।

आरोप गम्भिर भएपनि उनीमाथि लगाइने अभियोग प्रक्रिया भने लामो हुन सक्छ । उनीबिरुद्ध संसदले महाअभियोग प्रक्रिया अगाडि बढाउन सक्छ तर त्यसका लागि संसदका सदस्यहरुको समर्थन आवश्यक पर्छ ।  संसदका अधिकांश सदस्य राष्ट्रपति बोलसोनारोको पक्षमा छन् । 

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार १२:४१