दसैँ सकिए पनि सुनचाँदीको मूल्य निरन्तर उकालो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दसैँ सकिए पनि सुनचाँदीको मूल्य निरन्तर उकालो



काठमाडौं । दसैँ सकिँदा पनि सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ । बिहीबार सुन तोलामा तीन सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार महासंघले छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम गरेको थियो । आज तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन तोलामा एक सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : ४ कार्तिक २०७८, बिहीबार १२:१६