गैरकानूनी रूपमा अमेरिका जान लागेका नेपालीसहित १२६ आप्रावासी ग्वाटेमालामा पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गैरकानूनी रूपमा अमेरिका जान लागेका नेपालीसहित १२६ आप्रावासी ग्वाटेमालामा पक्राउ



ग्वाटेमाला सिटी । एउटा कन्टेनरभित्र अलपत्र अवस्थामा छोडिएका नेपालसहित विभिन्न देशका १२६ आप्रवासीलाई ग्वाटेमाला प्रहरीले उद्दार गरेको छ । कन्टेनरभित्र ठूलो स्वरमा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । 

अमेरिका लैजाने भनेर ठूलो रकम असुलेर मानव तस्करको एउटा समूहले उनीहरूलाई अलपत्र छोडिदिएको हुन सक्ने ग्वाटेमाला प्रहरीले अनुमान गरेको छ । उद्दार गरिएकामध्ये १०० जना संकटग्रस्त हेइटीका नागरिक भएको बुझिएका छ । बाँकी  नेपाल, घाना र अन्य देशका नागरिक छन् । 

‘चिच्चाएको आवाज सुनेपछि कन्टेनरको ढोका खुल्दा गैरकानूनी रुपमा प्रवेश गरेका १२६ जनालाई देख्यौं,’ ग्वाटेमालका प्रहरी प्रवत्ताले भने । उनीहरू मेक्सिको हुँदै अमेरिकातर्फ जान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

प्रकाशित : २४ आश्विन २०७८, आईतवार ११:२१