काठमाडौं । गीतकार बिदुर तिमल्सिना ‘देवदुत’ को पहिलो सांगितीक कोसेली ‘राजाको हात्ती’ सार्बजनिक भएको छ । देवदुतले आफ्नो पहिलो कोसेली स्वरुप मुनामदनको झल्को दिने गरी ‘राजाको हात्ती’ लाई नयाँ नयाँ न्यून नेपाल युटुब च्यानलबाट सार्बजनिक गरेका हुन् ।
मार्मिक शब्दले सजिएको गीतको शब्द देवदुतले आफैले लेखेका हुन् भने गीतमा चर्चित गायक दिनेश गौतम र भारतीय चर्चित गायिका अनु सिंहको स्वर दिएका छन् ।
लामो समय युरोप पलायन भएका गौतमले नेपाल फर्केलगत्तै आफ्नो सांगीतिक यात्रालाई अगाडी वढाएका छन् । नेपाली परिवेशको यथार्थ बिषयबस्तु समेटिएकोले गीतले चर्चा कमाउने देवदुतको विश्वास छ । गीतमा आफ्नी प्राण प्यारी श्रीमतीलाई छाडेर प्रवास जानुको पीडा र वाध्यतालाई जस्ताको तस्तै प्रस्तुत गर्न खोजिएको छ ।
गीतकै माध्यमबाट भएपनि पैसाकै लागि प्रवास जानु नपरोस्, परिवारसँग टाढा भएर अधुरो जिन्दगी बाच्न नपरोस् भन्ने सन्देश गीतले दिएको छ । यसका अलवा गीतले मुनामदनसँगको सम्बन्धलाई समेत जोड्दै मदनको भूमिकामा मुकुन भुषाल र मुनाको भूमिकामा श्रृष्ठि खड्काले अभिनय गरेका छन् । यस्तै कलाकार लोकमणी सापकोटा, रचना लामिछाने र शारदा गिरीले साथ दिएका छन् ।
गीतले मदन लासामा पैसा कमाउन गएको सन्दर्भलाई समेत समेट्दै अब कोहि नेपालीहरुले पनि त्यस्तो अवस्था भोग्नु नपरोस् भन्दै घर फर्क मदन अभियान समेत सञ्चालन गरेको गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ । गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने प्रिन्स डेनियलले निर्देशन गरेका हुन् ।
शिक्षण पेशा र बैंकिङ क्षेत्रमा करिअर अगाडी वढाईरहेका देवदुतले ‘राजाको हात्ती’ बाट दर्शकको प्रतिक्रिया बुझेर अन्य नयाँ गीतहरु समेत क्रमश बजारमा ल्याउने तयारी समेत गरेका छन् ।
Comment