नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमात्र हुने विश्व बैंकको प्रक्षेपण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमात्र हुने विश्व बैंकको प्रक्षेपण



काठमाडौं । नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष २०७८र७९ मा नेपालमा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । चालू आर्थिक वर्षमा नेपालले ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा २.१ प्रतिशतले ऋणात्मक रहेको र आर्थिक वर्ष २०७७/७८ मा १.८ प्रतिशत मात्र वृद्धिदर भएको थियो । नेपालको अर्थतन्त्र बिस्तारै सुधारोन्मुख अवस्थामा रहेको देखिएको विश्व बैंकको भनाइ रहेको छ ।

नेपालले खोप अभियान तीव्र गरिएका कारण वैदेशिक रोजगारी र पर्यटन क्षेत्रमा समेत सकारात्मक सुधार देखिने विश्व बैंकको अनुमान रहेको छ । विश्व बैंकले साउथ एसिया इकोनोमिक फोकस सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

यो वर्ष दक्षिण एसियाली मुलुकले आर्थिक वृद्धिदर राम्रै गर्ने विश्व बैंकको प्रक्षेपण छ । दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर राम्रो हुनेमा यो क्षेत्रका पर्यटनमा आधारित अर्थतन्त्र भएको भनाइ सार्वजनिक गरेको छ ।

प्रकाशित : २१ आश्विन २०७८, बिहीबार १२:५४