साकोस एकरुपतामा जोड दिदैँ नेफ्स्कून « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साकोस एकरुपतामा जोड दिदैँ नेफ्स्कून



काठमाडौं । सहकारीमा जोखिम कम गर्न नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून)ले साकोस एकरुपतामा जोड दिएको छ ।

संघले सातै प्रदेश तथा सहकारी विभागका रजिष्ट्रारसँग सहकार्य गरी साकोस एकरुपतामा जोड दिने योजना अघि सारेको हो । सहकारी भद्रगोलरुपमा सञ्चालन भइरहेकाले जोखिम निम्त्याउने भन्दै प्रदेश, संघ र स्थानीय तहले सहकार्य गरी सहकारीका न्यूनतम मापदण्ड तोकि एकरुपता ल्याउन नेफ्स्कूनले अभियान सञ्चालन गरेको छ ।

नेफ्स्कूनले बुधबार राजधानीमा कार्यक्रम गरी ‘साझा सेवाहरुको सवलीकरण एवम् सञ्जाल निर्माण अभियान’ सञ्चालन गरेको छ । अध्यक्ष परितोष पौड्यालले साकोस एकरुपता प्रणालीले सहकारीमा जोखिम कम हुने बताए । 

सहकारी विभागका रजिष्ट्रार लीलाप्रसाद शर्माले सहकारीको अनुगमनमा जोड दिइएको बताए । नेफ्स्कूनका पूर्व अध्यक्ष डीबि बस्नेतले सहकारी अनुगमन प्रभावकारी नहुँदा सहकारीमा समस्या बढ्दै गएको बताए ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार २१:३५