बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो



काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशभर लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । उपत्यकाबाहेक प्रदेशभित्र संचालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको हो । यातायात व्यवसायीहरूले भाडा वृद्धिका लागि आन्दोलन गरिरहेका थिए ।

बाग्मती प्रदेश यातायात मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किलोमिटर दूरीसम्मको भाडा १८ रुपैयाँ कायम गरिएको छ भने १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ कायम गरिएको छ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार २१:१२