आजदेखि खुल्यो ‘ईडीभी’,यसरी दिनुस् आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आजदेखि खुल्यो ‘ईडीभी’,यसरी दिनुस् आवेदन



काठमाडौँ । अमेरिकाले सन् २०२३ का लागि आजदेखि डिभी चिट्ठा खुला गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला गर्ने भएको हो ।

डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ।

डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार १४:५७