कोभिडका कारण वायु सेवा क्षेत्रमा २ सय अर्ब नोक्सान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कोभिडका कारण वायु सेवा क्षेत्रमा २ सय अर्ब नोक्सान



न्युयोर्क । कोरोनाभाईरसका कारण विश्वभर वायु सेवा क्षेत्रमा २ सय अर्ब डलर नोक्सान भएको छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एशोसियसन (आइएटीए) को अमेरिकामा सम्पन्न बार्षिक बैठकमा यस्तो जानाकारी दिएको हो । कोभिडको प्रकोप नियन्त्रण नभएकाले अर्को वर्ष पनि वायु सेवामा यसको असर देखिने एसोसियशनले जनाएको छ ।

एयरलाईन्सले सामना गरेको क्षति उसले नौ वर्षमा गर्ने आम्दानी बराबर भएको जनाइएको छ ।  राष्ट्रिय र क्षेत्रीय हवाई सेवा पुनः सुरु भए पनि अन्तर्राष्ट्रिय हवाई सेवा पूर्ववत अवस्थामा फर्किनसकेको बताइएको छ । 

‘वायु सेवामा कोभिडको असर ठूलो देखियो’ आइएटीएका निर्देशक जनरल विली विभिन्न देशका वायु सेवाका प्रमुखहरूको वैठकलाई सम्बोधन गर्दै वाल्सले भने । 

‘कोभिडपछिको हवाई प्रतिवन्धका कारण मानिसहरु हवाई यात्राको आशा मार्न थालेका छन् ।’ उनले थपे, ‘अन्तर्राष्ट्रिय प्रतिवन्ध, अनिश्चितता, स्वास्थ्य मापदण्ड इत्यादिले सर्वसाधरणलाई सहज यात्रा गर्न कठिनाई भएको छ ।’

प्रकाशित : १९ आश्विन २०७८, मंगलवार १०:३५