पान्डोरा पेपर्सः १ करोड २० लाख कागजात चुहावटको दस्तावेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

पान्डोरा पेपर्सः १ करोड २० लाख कागजात चुहावटको दस्तावेज



न्युयोर्क । पारन्डोरा पेपेर्स विश्वका धनाढ्य र शक्तिशाली व्यक्तिले अवैध ढंगले लुकाएको धन, कर नतिरेको सम्पत्तिवारे करिव १ करोड २० लाख कागजात चुहावटको एउटा दस्तावेज हो ।

अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल  ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ती दस्तावेज सार्वजनिक गरेको हो ।

११७ देशका ६०० सञ्चारकर्मीले महिनौं लगाएर विभिन्न १४ स्रोतबाट प्राप्त गरेको फाइल अध्ययन गरेका थिए । पान्डोरा पेपर्स दस्तावेजमा ६४ लाख कागजात, ३० लाख तस्विर, १० लाखभन्दा बढी इमेल र झन्डै पाँच लाख स्प्रेडसीट छन् ।

विश्वका ९० देशका ३३० भन्दाबढी राजनीतिज्ञसहित सयौं शक्तिशाली व्यक्तिले आफ्नो अकूत धन लुकाउन कसरी अफसोर कम्पनी प्रयोग गरे भन्ने विषयलाई दस्तावेजले खुलासा गरेको छ ।  

प्रकाशित : १८ आश्विन २०७८, सोमबार ११:०१