सांकेतिक रुपमा इन्टरनेटको तार काटेका हौं अहिले जडान भैसक्यो,पोलभाडा चै तिर्नैपर्छःप्राधिकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थतन्त्र

सांकेतिक रुपमा इन्टरनेटको तार काटेका हौं अहिले जडान भैसक्यो,पोलभाडा चै तिर्नैपर्छःप्राधिकरण



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनीबार र आईतबार सांकेतिक रुपमा मात्रै तार काटिएको जानकारी दिएको छ । प्राधिकरणले आईतबार साँझ एक विज्ञप्ति जारी गर्दै लामो समयसम्मप प्राधिकरणलाई जानकारी नै नदिईकनै प्राधिकरणको पो प्रयोग गरी सेवा विस्तार गर्ने सेवाप्रदायकको तार सांकेतिक रुपमा काटेको जानकारी दिएको छ ।


केही सेवा प्रदायकहरुले नियमअनुसार सम्झौता नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको, माग भए बमोजिम जिपिएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात पेश गरी नविकरण नगरेको, परिमार्जित भाडा दर भुक्तानी गर्न आनाकानी गरेको पाइएपछि पटक–पटक सार्वजनिक सूचनामार्फत तत्काल सम्झौता गर्न आउन अनुरोध प्राधिकरणले गरेको थियो । हालसम्म नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल, सिजी नेट, डिसहोम, फाइवर वल्र्ड कम्युनिकेसन लगायतले नयाँ भाडादरका आधारमा प्राधिकरणसँग सम्झौता गरी भाडा बुझाइसकेका छन् ।

प्राधिकरणको संरचना प्रयोग गरी उपभोक्ताबाट आफ्नो सेवाको शुल्क लिने तर निर्धारण गरिएको भाडादर तिर्न केही सेवा प्रदायकहरुले अस्विकार गरेपछि शनिबार त्यस्ता सेवा प्रदायकले प्रयोग गरिएको तारको कनेक्सन केही ठाउँमा सांकेतिक रुपमा विच्छेद गरिएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।

sarbottam
यस्तो कार्य इन्टरनेट तथा टेलिभिजनका प्रयोगकर्ता आम उपभोक्तालाई सेवा प्रयोग गर्नबाट वञ्चित गराउन नभई आफ्नो संरचना प्रयोग गरेबापत सेवा प्रदायकबाट भाडादर असुलउपर गर्न गरिएको समेत प्राधिकरणले जानकारी दिएको छ । हाल उक्त तारहरु जडान भईसकेको समेत प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार १०:०३