प्यान्डोरा पेपर्सः विश्वका ३५ नेता र सयौं व्यक्तिको अफसोर कम्पनीमा कारोवार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

प्यान्डोरा पेपर्सः विश्वका ३५ नेता र सयौं व्यक्तिको अफसोर कम्पनीमा कारोवार



लन्डन । गैरकानूनी आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा विश्वका वर्तमान तथा पूर्व नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर लगानी गरेको खुलासा भएको छ । 

अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल  ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीका फाइल अनुसन्धानका क्रममा यस्तो तथ्य फेला पारेको हो । 

प्यान्डोरा पेपर्स नाम दिइएका ती दस्तावेजमा विश्वका ३५ नेता र  सयौं  व्यक्तिको नाम सार्वजनिक गरिएको छ । अफसोर कम्पनी खोलेर कारोबार गर्नेमा रसियाली राष्ट्रपति भ्लादमिर पुटिनदेखि जोडर्नका राजासम्म छन् । जोर्डनका राजाले ७ करोड युरो गोप्य रुपमा जम्मा गरेको दस्तावेजले देखाएको छ ।

त्यस्तै, वेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर र उनकी पत्नीले लन्डनको एउटा कार्यलय खरिद गर्दा सम्पत्ति खरिदसम्बन्धी करबाट ३ लाख १२ हजार पाउन्ड जोगाएको दस्तावेजमा उल्लेख छ । उनीहरूले सो भवन खरिद गर्न एउटा अफशोर कम्पनी नै किनेका थिए ।

रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले मोनाक्कोमा गोप्य सम्पत्ति राखेकोदेखि यसै साता हुने निर्वाचनमा उम्मेदवारी दिन लागेका चेक गणतन्त्रका प्रधानमन्त्री एन्ड्रिज बाबिजलले दक्षिणी फ्रान्समा १ करोड २० लाख युरो पर्ने दुई ओटा भिल्ला  खरिद गर्न अफशोर कम्पनी प्रयोग गरेको तथ्य दस्तावेजहरूले खुलासा गरेको छ । 

आईसीआईजे ६ सय ५० पत्रकारसँग मिलेर पछिल्लो विवरण बाहिर ल्याएको हो । सात वर्षमा भएको यो अफशोर करोबारसम्बन्धी पछिल्लो खुलासा हो । 

सात वर्षअघि फिनसेन फाइल्स, प्याराडाइज पेपर्स, पानामा पेपर्स र लुक्सलिक्सले विश्वका नेता र व्यापारीलेले गोप्य ढंगले लुकाएको सम्पत्ति चुहावट गरेको थियो ।
कागज चुहावट भएकामध्ये केही व्यक्तिमाथि भष्टाचार, मनी लउन्डरिङ र कर नतिरको आरोप सामना गर्दै आएका छन् ।

गोप्य ढंगले सम्पत्ति किन्न शक्तिशाली र धनाढ्य मानिसहरुले कसरी कानुनी रुपमा कम्पनीहरु स्थापना गर्छन भन्ने ठूलो रहस्य पनि दस्तावेजले  खुलासा गरेको छ ।

दस्तावेजले करिव ९५ हजार अफसोर कम्पनीका मालिकहरुको नाम पनि खुलासा गरेको छ ।

बीबीसी पानारोमाले गार्जियन र अन्य संचारमाध्यमसँग मिलेर १४ वित्तिय सेवा कम्पनीका करिब १ करोड २० लाख कागजपत्र र दस्तावेजमा पहँुच पाएको थियो ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार ०८:२३