प्रभु बैंकको ४ लाख ९७ हजार ८११ कित्ता शेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकको ४ लाख ९७ हजार ८११ कित्ता शेयर लिलामीमा



काठमाडौं । प्रभु बैंकको ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक शेयर असोज १७ गते आइतवारदेखि लिलामीमा आएको छ । बैंकले असोज २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयर लिलामीमा ल्याएको हो ।

यो शेयरको न्यूनतम मूल्य २०५ तोकिएको हुँदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यो शेयर खरिदका लागि बैंक तथा वित्तीय संस्थाको शेयर खरिद गर्न योग्य व्यक्ति , कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र रितपूर्वक प्राप्त बोलपत्र कात्तिक १ गते बिहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय, कमलादी, काठमाडौंमा खोलिने कार्यक्रम रहेको छ ।

प्रकाशित : १७ आश्विन २०७८, आईतवार १०:५५