लमजुङमा तीन वर्षमा ४९ घरेलु उद्योग खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लमजुङमा तीन वर्षमा ४९ घरेलु उद्योग खारेज



लमजुङ । लमजुङमा तीन वर्षमा ४९ वटा घरेलु उद्योग खारेज भएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालय लमजुङले दर्ता गरेर सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्ने उद्योग खारेज गरेको हो ।

खारेज भएकामध्ये घरेलु उद्योगतर्फ आर्थिक वर्ष ०७७/७८ मा ३२, ०७६/७७ मा ११ र ०७५/७६ मा ६ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ ।

कार्यालय प्रमुख तोपलाल भुसालका अनुसार तीन वर्षमा वाणिज्यतर्फ एक सय नाै वटा उद्योग खारेज भएका छन् । यस्तै बाणिज्यतर्फ आव ०७७/७८ मा ६१, आव ०७६/७७ मा २५ र आव ०७५/७६ मा २३ उद्योग खारेज भएका छन् ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार ११:२०