आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन



काठमाडौं । एनआईसी एसिया बैंकले लिलामीमा ल्याएको आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । एनआईसीले ६ असोजबाट आफ्नो स्वामित्वमा रहेको आरएमडीसीको तीन लाख ६५ र मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

यसमा लगानीकर्ताले शुक्रबार कार्यालय समयसम्ममा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ५३९ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको सेयरमा ४९७ रुपैयाँ न्यूनतम रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् । यसमा लगानीकर्ताले एक सय कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदका लागि संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा लिलामीको बोलपत्र पेस गर्न सकिनेछ ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार ११:१२