युनाइटेड एयरलाइन्सले निष्कासन गर्‍यो खोप नलगाउने ६ हजार कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

युनाइटेड एयरलाइन्सले निष्कासन गर्‍यो खोप नलगाउने ६ हजार कर्मचारी



न्युयोर्क । अमेरिकी विमान सेवा युनाइटेड एयरलाइन्सले खोप नलगाउने करिब ६ सय कर्मचारी निष्कासन गरेको छ । बाम्बार खोप लगाउन सुझाव  दिँदा पनि अटेरी गरेको भन्दै एयरलाइन्सले पाँच सय ९३ कर्मचारीलाई जागिरबाट निकालेकाे हो । 

‘सबै अमेरिकीलाई सुरक्षा प्रदान गर्न अमेरिकामा रहेका हाम्रा सबै कर्मचारीले  खोप लगाउन आवश्यक छ । खोप लगाए सबै सुरक्षित हुन्छन्,’ एयरलाइन्सका प्रमुख कार्यकारी स्कट किरवाईले भने । 

तर, कम्पनीले ९९ प्रतिशतले खोप लगाएको दाबी गर्दै आएको छ । युनाइटेड एयरलाइन्सअन्तर्गत देशभर कूल ६७ हजार कर्मचारी छन् । धर्म र स्वास्थ्यसम्बन्धी समस्या देखाउँदै करिब दुई हजारले खोप लगाउन अस्वीकार गरेका छन् । उनीहरूबारे पनि कम्पनीले चाँडै निर्णय गर्ने कम्पनीले जनाएको छ ।

एयरलाइन्सले खोप लगाएका तर प्रमाण पेस नगरेका कर्मचारीलाई पनि चाँडै प्रमाण पेस गर्न निर्देशन दिएको छ । खोप छुटेका अझै पाँच सयभन्दा बढीलाई भने खोपका लागि दोस्रो अवसर दिने भएको छ । त्यस्तै, नयाँ कर्मचारी भर्ना गर्दा पनि खोप लगाएका व्यक्तिले मात्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : १४ आश्विन २०७८, बिहीबार १२:०७