प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा



जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रादेशिक कार्यालयले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको आशंकामा मुख्यमन्त्रीको कार्यालयमा आयोगको टोलीले छापा मारेको हो ।

अख्तियारका अनुसार प्रदेश कार्यालय बर्दिबासबाट खटिएको पाँच जनाको टोली मुख्यमन्त्री कार्यालयमा कागजात अध्ययन र अनुसन्धानको क्रममा छ ।

प्रकाशित : १३ आश्विन २०७८, बुधबार १४:५७