कांग्रेस अधिवेशन : अर्घाखाँचीका पाँच पालिकामध्ये तीनमा सर्वसम्मत, दुईमा निर्वाचन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कांग्रेस अधिवेशन : अर्घाखाँचीका पाँच पालिकामध्ये तीनमा सर्वसम्मत, दुईमा निर्वाचन



अर्घाखाँची । नेपाली कांग्रेसको पालिका अधिवेशन अन्तर्गत अर्घाखाँचीका पाँच स्थानीय तहमध्ये तीनमा सर्वसम्मत र दुईमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।

मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा सर्वसमत नेतृत्व चयन गरिएको छ भने शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।

मालारानी गाउँपालिकाको सभापतिमा शोभाखर खनाल, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी र पाणिनी गउँपालिकामा तुल्सी पौडेल निर्विरोध सभापतिमा निर्वाचित भएका हुन् ।

शितगंगा नगरपालिकामा भने निर्वाचनमार्फत सभापतिमा मोहन पन्थी निर्वाचित भएका छन् ।

सन्धिखर्क नगरपालिकामा पनि मतदानमार्फत नेतृत्व चयन गरिएको हो । नगर सभापतिमा लिलाधर बस्याललाई ३२ मतले पराजित गर्दै बाबुराम भुसाल निर्वाचित भएका हुन् ।

प्रकाशित : १३ आश्विन २०७८, बुधबार १४:०७