ओलीलाई सम्पादकहरूको प्रश्न : कांग्रेस-एमाले गठबन्धन बन्न लागेको हो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

ओलीलाई सम्पादकहरूको प्रश्न : कांग्रेस-एमाले गठबन्धन बन्न लागेको हो ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस-एमाले गठबन्धन नबन्ने बताएका छन् । मंगलबार सम्पादकहरूसँगको कुराकानीमा ओलीले मध्यावधि निर्वाचनका लागि एमाले कांग्रेससँग मिल्नै नपर्ने बताए ।

कार्यक्रममा सम्पादकहरूले पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले बढाएको संवादको आसय कांग्रेस-एमाले गठबन्धन हुन लागेको हो ? भनेर सोधेका थिए ।

जबाफमा ओलीले देशमा ताजा जनादेश आवश्यक भएको तर एमाले कांग्रेससँग मिल्नै नपर्ने बताए । ‘गठबन्धन छँदै छ । गठबन्धनले चुनाव गराए भयो । अढाइ महिनासम्म सरकार विस्तार हुँदैन । यसरी देशको अमूल्य समय बर्बाद बनाउनुहुँदैन । ताजा जनादेशमा जानुपर्छ’, उनले भने । 

अध्यक्ष ओलीले सभामुखको भूमिका गठबन्धनको पक्ष र प्रतिपक्षी पार्टीको पक्षमा देखिएको बताए । निर्वाचन आयोग पनि दबाबमा परेको उनको भनाइ थियो ।

पार्टी दुइटा पाइलटले नचलेको र असफल भएको भन्दै ओलीले अब चुनावमा बहुमत ल्याएर एकल पाइलटले चलाउने दाबी पनि गरे ।

उनले आगामी महाधिवेशनबाट एमाले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुने घोषणा गरे । ‘सचेत समुदायले आफ्नो ठाउँमा संघर्ष गर्नुपर्छ । त्यसको प्रबन्धनका लागि अहिलेदेखि वैधानिक व्यवस्था गरेर जान्छौँ’, उनले भने ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलवार २१:२३