बैंकिङ कसुरका फरार अभियुक्त खत्री पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

बैंकिङ कसुरका फरार अभियुक्त खत्री पक्राउ



खोटाङ । बैंकिङ कसुर मुद्दामा फरार खोटाङको जन्तेढुंगा गाउँपालिका- ३ काहुलेका २६ वर्षीय खगेन्द्र खत्री पक्राउ परेका छन् ।

उच्च अदालत पाटनले २८ पुस २०७७ मा बैंकिङ कसुर मुद्दामा चार दिन कैद र १० लाख ६५ हजार रुपैयाँ जरिमाना सुनाएका खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । काठमाडौंको कपन बालुवाखानी बस्दै आएका खत्रीलाई मंगलबार सोही स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

अभियुक्तमाथि २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभए पनि झुक्याएर नेपाल ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १० लाख ६५ हजार रुपैयाँ बराबरको चेक काटेर दिएको अभियोग छ । पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा ठहर गरी उच्च अदालत पाटनले खत्रीलाई चार दिन कैद र १० लाख ६५ हजार रुपैयाँ जरिमाना सुनाएको थियो । 

प्रकाशित : १२ आश्विन २०७८, मंगलवार १८:०४