एनआरएनए निर्वाचनः रविना–विनयको टीमलाई चितवनमा सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

प्रवास

एनआरएनए निर्वाचनः रविना–विनयको टीमलाई चितवनमा सम्मान



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालको लागि अध्यक्ष पदको उम्मेदवार रविना थापासहितको टिमलाई चितवनमा भब्य स्वागत गरिएको छ । चितवनमा आयोजित एक कार्यक्रमकाबीच सो टिमलाई भब्य स्वागत तथा सम्मान गरिएको हो ।

नेपाली कांग्रेस चितवन जिल्लाका पूर्व सभापति तथा पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीले थापासहित उपाध्यक्षका उम्मेदवार जय प्रकाश गुरुङ र महासचिव विनय अधिकारीलाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा अमेरिका निवासी नारायण थापाको पनि सहभागिता थियो । सो अवसरमा पूर्वमन्त्री अधिकारीले अध्यक्षको उम्मेदवारसहित सबैलाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।

रविना–विनयको टीमले ०२१–२०२३ कार्यकालका लागि संघको अध्यक्ष र महासचिबलगायतमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरुले गैर आवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तीकरणलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । उनीहरुले विदेशबाट मताधिकार र दोहोरो करका विषयलाई समेत प्रमुखताका साथ उठाउने बताएका छन् । सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पुर्ण रुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने उनीहरुको योजना छ ।

कार्यक्रममा चितवन जिल्लाका निवर्तमान क्षेत्रीय सभापति कुमार कार्की, जिल्ला सदस्य उद्धव लोहनी, निवर्तमान नगर सभापति रुप्नराज घिमिरे, पूर्व क्षेत्रीय सभापति माधव प्रसाद अर्याल, हरिचन्द्र अधिकारी, कलाघर पौडेल, होमनाथ सापकोटा, लक्षमण सापकोटा, रामु आचार्य, सुमन पौडेल, मेघनाथ सुवेदी, रामहरि न्यौपाने, प्रल्लाद सापकोटा, रामहरि न्यौपाने, सूर्य अर्याललगायत नेता तथा सञ्चारकर्मीहरुको सहभागित थियो ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलवार १४:३९