राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यादेश खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारले गत ९ भदौमा प्रतिनिधिसभा वा राजनीतिक दलको केन्द्रीय समितिको २० प्रतिशत सदस्य भए नयाँ दल दर्ता गर्न सकिने प्रावधानसहित अध्यादेश जारी गरेको थियो । 

अध्यादेश जारी भएकै दिन यसैको जगमा टेकेर नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका थिए । तर, अध्यादेशका कारण लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले अध्यादेश खारेज गर्ने निर्णय गरेको हो । 

जसपा र नेकपा (एकीकृत समाजवादी)का नेताहरूले अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्तिको नाम पठाउन इन्कार गरेपछि सरकार अध्यादेश खारेजीको निष्कर्षमा पुगेको हो । 

अध्यादेश खारेज भएसँगै अब सत्ता पक्षधर गठबन्धनका अन्य चार दलले मन्त्रीको नाम दिने भएका छन् । मन्त्रीको नाम दलबट प्राप्त भएलगत्तै मनित्रपरिषद् विस्तार गर्ने योजनामा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका बताइएको छ ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार २१:०७