यी हुन कामु गभर्नरको जिम्मेवारी पाउने पहिलो महिला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

यी हुन कामु गभर्नरको जिम्मेवारी पाउने पहिलो महिला



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोभिड १९ संक्रमण देखिएको छ । उनी अहिले होम आइसोलेसनमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गभर्नर अधिकारी बिदा बसेपछि डेपुटी गभर्नर डा. नीलम ढुंगानालाई कामु तोकिएको छ । उनलाई असोज ६ गतेदेखि कामुको जिम्मेवारी दिइएको हो । उनी कायममुकायम गभर्नरको जिम्मेवारी पाउने पहिलो महिला हुन् ।

असोज ५ गते गरेको परीक्षणमा गभर्नर अधिकारीलाई कोरोना पोजेटिभ देखिएपछि उनकै अनुरोधमा अर्थमन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट उक्त व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार १८:२६