सोमबार १२ सय कोरोनाका बिरामी थपिए, ७ जनाको मृत्यु,१२ सय संक्रमणमुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सोमबार १२ सय कोरोनाका बिरामी थपिए, ७ जनाको मृत्यु,१२ सय संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार देशभर १२ सय ८२ जना कोभिड संक्रमित थपिएका छन् । १५ हजार ४८८ वटा नमुना परीक्षण गर्दा (पीसीआर १२,०८१ तथा एटीजेन ३,४०७) जनामा संक्रमण पुष्टि भएको हो ।


सोही अवधिमा १,२६२ जना निको भएका छन् भने थप ७ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ३ लाख १२ हजार ८७४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म मुलुकमा १८ हजार ८४८ जना सक्रिय संक्रमित छन् ।

नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार १०३ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म आईसीयूमा ३८५ जना, भेन्टिलेटरमा १२५ जना, होम आइसोलेशनमा १७,५३५ जना, संस्थागत आइसोलेशनमा १३१३ र क्वारेन्टाइनमा २५६ जना रहेको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ८.२ प्रतिशत छ भने मृत्युदर १.४ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९६.२ प्रतिशत छ ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार १६:३६