डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज




काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २१ दशमलव ०५ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ डिप्रोक्सले १२ असोजदेखि २३ असोजसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, साेमबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

संस्थाले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न २३ असोजमा २०औँ वार्षिक साधारणसभा बोलाएको छ। लघुवित्तले २३ असोजको बिहान ११ बजे चितवन गार्डेन रिर्सोट, भरतपुर, चितवनमा सभा आह्वान गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १ दशमलव ०५३५ प्रतिशत नगद गरी कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश वितरण प्रस्ताव पेस गर्दै छ । डिप्रोक्सले हाल कायम एक अर्ब १५ करोड ६२ लाख ४८ हजार ६ सय १० रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर तथा नगद लाभांश प्रस्ताव गरेको हो ।

सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । त्यसैेगरी, अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । त्यस्तै, सभामा साधारण सेयरधनीको तर्फबाट तीनजना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार ११:३१