स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

विश्व

स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता



एजेन्सी । स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता दिइने भएको छ । आईतवार भएको जनमत संग्रहमा झन्डै दुईतिहाईले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने पक्षमा मतदान गरेका थिए । यो सँगै स्विट्जरल्यान्ड पश्चिम युरोपमा समलिंगीलाई मान्यता दिने अन्तिम राष्ट्र बनेको छ ।

जनमतसंग्रहमा ६४ दशमलब १ प्रतिशत मतदाताले समलिंगी विवाहको पक्षमा मतदान गरेका थिए । मतदान परिणामपछि त्यहाँका लेस्वियन, गे, वाइसेक्सुअल तथा ट्रान्सजेन्डर समूह खुसी खुसी भएका छन् ।

समलिंगीका पक्षमा भएको मतदान समानतका लागि कोशेढुंगा सावित भएको एम्नेस्टीले जनाएको छ ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार ११:२८