कतिमा कारोबार हुँदै छ आज सुन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कतिमा कारोबार हुँदै छ आज सुन ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ५५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज घटेर तोलामा बढेर ११५० कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : १० आश्विन २०७८, आईतवार ११:२४