विश्वमा आजः जापानमा विनाशकारी आँधीदेखि अमेरिकामा आर्थिक संकट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

विश्वमा आजः जापानमा विनाशकारी आँधीदेखि अमेरिकामा आर्थिक संकट



आज सेप्टेम्वर २६ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । व्रिटीश र अस्ट्रेलियाको संयुक्त फौजले जर्मनबिरुद्ध आक्रमणदेखि  जापानमा विनाशकारी आँधी टाइफुन भेरा आज नै आएको थियो । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः
 
जापानमा विनाशकारी आँधी
सन् १९५९ मा जापानमा आएको समुद्री आँधीले ठूलो अशर गरेको थियो । टाइफुन भेरा नाम दिइएको सो आँधी जापानको  इतिहासकै विनाशकारी आँधी हो । आँधीपछिको वर्षा र पहिरोका कारण करिव पाँच हजारको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए ।
 
जर्मनबिरुद्ध व्रिटीश र अस्ट्रेलियाको कारबाही
सन् १९१७ मा ब्रिटीश र अस्ट्रेलियाका सेनाले बेल्जियमको वाइप्रेसमा  जर्मन सेनाबिरुद्ध भीषण युद्ध गरेको थियो । संयुक्त सेनाको हमलामा जर्मन पराजित भएको थियो ।
 
संघीय व्यापार आयोगको स्थापना
सन् १९१४ मा उपभोक्तको हित र बजारको संरक्षण गर्ने उद्देश्यले अमेरिकाको स्वतन्त्रत सरकारी निकायको रुपमा संघीय व्यापार आयोग (एफटीसी) स्थापना भएको थियो ।

अमेरिकामा आर्थिक संकट
सन् १७८६ मा अमेरिकामा आर्थिक संकट देखिएको थियो । संकटका कारण कतिपय व्यवसायीले सरकारलाई तिर्नुपर्ने ऋण तिर्न सकेका थिएनन् । सरकारले व्यक्ति र उनीहरुको व्यवसायमा अस्वभाविक कर लगाएको थियो । 

प्रकाशित : १० आश्विन २०७८, आईतवार ०७:४०