गाउँपालिका अध्यक्ष कांग्रेस सभापतिमा हारे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

गाउँपालिका अध्यक्ष कांग्रेस सभापतिमा हारे



इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित रामकुमार श्रेष्ठ पार्टीकाे गाउँपालिका सभापतिमा पराजित भएका छन् ।

६४ मतसहित पालिका सभापतिमा डिकबहादुर थापा निर्वाचित हुँदा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ भने तेस्रो स्थानमा सीमित भए ।

कांग्रेसको शनिबार सम्पन्न पालिका स्तरको महाधिवेशनमा ५७ मतसहित टेकवीर लिम्बु दोस्रो भए ।

कांग्रेसको गाउँ उपसभापतिमा कृतिराज आले र देउमान दलामी निर्वाचित भए । सचविमा चन्द्र बहादुर बोहरा र देवी थापा निर्वाचित भए ।

माइजोगमाई गाउँपालिकाको कांग्रेस सभापतिमा नरेन्द्र देवान निर्वाचित भएका छन् । उनले ७९ मत प्राप्त गरे । सभापति उम्मेद्वार वेदप्रसाद चापागाईंले ४० मत पाएका छन् । उपसभापतिमा उमाकान्त भट्टराई र चन्द्र देवान निर्वाचित भएका छन् । सचिवमा प्रदीप खड्का र देवी अधिकारी निर्वाचित भएका छन् । सहसचिवमा सुमन वेघा र गोपाल मगर चयन भएका छन् ।

देउमाइमा भने दिलीप कार्की सभापतिमा विजयी भएका छन् । कार्कीले १ सय ११ मत पाए । सभापतिका उम्मेद्वार कृष्ण बरालले ८४ र भवानीराम राई ३९ मत प्राप्त गरे । उपसभापतिमा ताराकुमार राइ र दिलकुमारी राई विजयी भए । सचिवमा कल्पना थापा खत्री र पदमबहादुर कटुवाल विजयी भएका छन् ।

प्रकाशित : १० आश्विन २०७८, आईतवार ०६:५७