झापा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सहकारीका सदस्यले उत्पादन गरेको खसी बिक्री गर्न शुरु गरेको छ । सहाराले दशैँको अवसरमा सदस्यले उत्पादन गरेको खसी बिक्री शुरु गरेको हो ।
झापासहित इलाम, मोरङ, सुनसरी उदयपुरका सदस्यले उत्पादन गरेको खसीको बजारीकरणमा सहयोग गरेको सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए । सहारले सेयर सदस्यलाई बाख्रा पालनका लागि प्राविधिक सहयोग साथै उत्पादनमा सहयोग गर्दै आएको छ ।
सदस्यले उत्पादन गरेको जिउँदै खसी तैलेर ५ सय ६० रुपैयाँ प्रतिकिलो बिक्री गरिरहेकाे सहाराले जनाएको छ । सहाराले अहिलेसम्म विभिन्न जिल्लाका ६० वटा खसी बिक्री गरिसकेको छ । दशैं अघि सबै सदस्यले उत्पादन गरेका खसीको बजारीकरणमा सहयोग गर्ने संस्थाको भनाई छ ।
Comment