साहस उर्जाको आइपिओ १७ लाख २० हजार ४५४ जनाले भरे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साहस उर्जाको आइपिओ १७ लाख २० हजार ४५४ जनाले भरे



काठमाडौं । बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको साहस उर्जा लिमिटेडकोे आईपीओमा शुक्रवारसम्म १७ लाख २० हजार ४५४ जनाले आवेदन आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले यी आवेदकहरुबाट रू. २ अर्ब ४६ करोड ९ लाख ७६ बराबरको २ करोड ४६ लाख ९ हजार ७६० कित्ताको लागि आवेदन परेको जानकारी दिएको हो ।

सार्वजनिक निष्कासनमा आएको तेस्रो दिनसम्म कम्पनीको आईपीओमा ३ दशमलव ८२ गुणा बढी आवेदन परेको हो । कम्पनीले रू. ७० करोड बरावरको ७० लाख कित्ता आइपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । निष्कासन गर्ने कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।

मागभन्दा बढी आवेदन परिसकेकाले यो आइपीओ असोज १० गते सम्म विक्रीमा रहनेछ । यस समय अवधिमा पूर्ण आवेदन नपरेमा भने असोज २० गते सम्म विक्रीमा रहने मिति तय भएको थियो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले निष्कासन गरेको आइपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । यो शेयर खरिदका लागि सर्वसाधारणले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखाकार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार २२:४१