कोको छन् खोटाङ कांग्रेसका पालिका सभापतिका आकांक्षी ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

कोको छन् खोटाङ कांग्रेसका पालिका सभापतिका आकांक्षी ?



खोटाङ । नेपाली कांग्रेसले अधिवेशनमार्फत खोटाङका १० वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसको १४औँ महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनअन्तर्गत यहाँका दुईवटा नगरपालिका र आठ वटा गाउँपालिकामा शनिबार हुने पालिका अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको हो ।

नगर तथा गाउँपालिका सभापतिका लागि यहाँ कम्तीमा समूहगत २० जना आकांक्षी देखिएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा नगर सभापतिका लागि प्रकाश श्रेष्ठ र रामचन्द्र राई चुनावी मैदानमा उत्रिएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाको सभापतिमा चक्रकुमार राई र रमेश राउतबीच प्रतिस्पर्धा हुँदै छ । केपिलासगढी गाउँपालिकामा हेमन्त राई र गोपाल राई, साकेला गाउँपालिकामा राम साम्पाङ, विजय गुरुङ र सिजन राई, खोटेहाङ गाउँपालिकामा राजु ढकाल र प्रेम थापा, जन्तेढुंगा गाउँपालिकामा बाजिन्द्र बिष्ट र अमित राईबीच प्रतिस्पर्धा हुने कांग्रेस स्रोतले जनाएको छ ।

यसरी नै बराहपोखरी गाउँपालिकामा खिलाराज राई र जीवन राई चुनावी मैदानमा छन् । यद्यपि, बराहपोखरी गाउँपालिकामा सहमतिमा नेतृत्व चयनको प्रयास भइरहेको जनाइएको छ । 

ऐँसेलुखर्क गाउँपालिकामा सन्तवीर तामाङ र रावाबेँसी गाउँपालिकामा फटिक श्रेष्ठ सहमतिमै पालिका सभापतिमा चयन हुने निश्चित जस्तै भएको स्रोतले बताएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अमृत गिरी कांग्रेसको पालिका सभापतिका बलियो उम्मेद्वार देखिएका छन् ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार २०:२८