कांग्रेस महाधिवेशन : ९ असाेजकाे पालिका अधिवेशन नरोकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

कांग्रेस महाधिवेशन : ९ असाेजकाे पालिका अधिवेशन नरोकिने



काठमाडौं । नेपाली कांग्रेसले ९ असोजका लागि निर्धारित गरिएको अधिवेशन नरोक्ने निर्णय गरेको छ । 

शुक्रबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकले ९ असोजका लागि तय गरिएको पालिका अधिवेशन नरोक्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

‘पालिका अधिवेशन ९ असोजका लागि यसअघि नै तय गरिएको छ’, उनले भने, ‘ सोही मितिमै हुनेछ । तर, जिल्लाको समन्वयमा केन्द्रीय निर्वाचन समितिको अनुमतिमा भने एक दुई दिनपछि गर्न सकिनेछ ।’ 

हिमाली जिल्लाको दशैंअघि नै अधिवेशन सक्ने तयारी गरिएको उनले बताए । साथै १३ जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद पनि समाधान गर्न गठित समितिले टुंग्याउने प्रवक्ता शर्माले जानकारी दिए । 
 

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार १३:२३