दशैंको गाडीभाडा : इलाम जान १३३२, अछाम पुग्न १८७३ रुपैयाँ , कहाँ पुग्न कति लाग्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दशैंको गाडीभाडा : इलाम जान १३३२, अछाम पुग्न १८७३ रुपैयाँ , कहाँ पुग्न कति लाग्छ ?



काठमाडौं । सरकारले ११ असोजदेखि लागू हुनेगरी दशैंलक्षित गरेर सवारीसाधनको भाडादर निर्धारण गरेको छ ।

निर्धारित भाडादर अनुसार अब काठमाडौंबाट इलाम पुगन एकजना यात्रुले बसमा यात्रा गर्दा एक हजार तीन सय ३२ रुपैयाँ तिर्नुपर्छ । त्यसैगरी, काठमाडौंबाट महेन्द्रनगर पुग्न भने एक हजार तीन सय ४८ रुपैयाँ तिर्नपर्छ ।

सबैभन्दा बढी भाडा भने काठमाडौंबाट अछामको साँफेबगर जाने यात्रुले तिर्नुपर्नेछ । यो रुटमा एक हजार आठ सय ७३ रुपैयाँ भाडादर कायम गरिएको छ ।

सरकारले दशैंका लागि लामो दूरीका यातायतमा ११ असोजदेखि नै अग्रिम बुकिङ खोल्ने निर्णयसमेत गरेको छ ।

कहाँ पुग्न कति लाग्छ ? हेर्नुहोस् भाडा दर

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार १२:३५