सूचना टाँसेर राष्ट्रिय सभाको बैठक स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

सूचना टाँसेर राष्ट्रिय सभाको बैठक स्थगित



काठमाडौं । राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । शुक्रबार बसेको पहिलो बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो । तर, दोस्रो बैठक नबसी सूचना टाँसेर ११ असोज सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

यसअघि शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७८ प्रमाणिकरण सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुनाएका थिए ।

यसपछि आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गरिएपछि सभाध्यक्ष तिमिल्सिनाले शुक्रबारै बस्ने गरी १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर, बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार ११:४०