लाभांश पारित गर्न सानिमा माई हाइड्रोपावरको एजीएम ११ कात्तिकमा, १८ असोजमा बुक क्लोज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लाभांश पारित गर्न सानिमा माई हाइड्रोपावरको एजीएम ११ कात्तिकमा, १८ असोजमा बुक क्लोज



काठमाडौं । सानिमा माई हाइड्रोपावरले लाभांश परित गर्न ११ कात्तिकमा साधारण सभा डाकेको छ । हाइड्रोपावरको साधारणसभा लगानीकर्तालाई भर्चुअलमाध्यम तथा भौतिक रूपमा पनि सहभागी गराई बिहान ११ बजे सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा आयोजना हुनेछ ।

सानिमा माईले सभामा १० दशमलव ५२ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाँदैछ । हाइड्रोपावरले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश दिन लागेको जनाएको छ । यस सभामा लगानीकर्ता भर्चुअलमाध्यम वा भौतिक रूपमा पनि सहभागी हुन सक्नेछन् । सभा प्रयोजनका लागि कम्पनीले १८ असोजमा बुक क्लोज गर्ने भएको छ ।

यसआधारमा १७ असोजसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । कम्पनीले दिने लाभांश साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार ११:२९