विश्वमा आजः अमेरिकामा ब्ल्याक फ्राइडेदेखि होन्डा मोटर कम्पनी स्थापना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

विश्वमा आजः अमेरिकामा ब्ल्याक फ्राइडेदेखि होन्डा मोटर कम्पनी स्थापना



आज २४ सेप्टेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

पोर्चुगलबाट गिनी बिसाउ स्वतन्त्र


सन् १९७३ मा गिनी बिसाउले पोर्चुगलबाट स्वतन्त्रता पाएको घोषणा गरेको थियो । घोषणा गरेको एक वर्षपछि अर्थात १९७४ को सेप्टेम्बरमा उसले स्वतन्त्र राष्ट्रको मान्यता पाएको थियो ।

सर्वसाधरणका लागि रंगशाला खुला


सन् १९५७ मा स्पेनको बार्सिलोनास्थित क्याम्प नोऊ रंगशाला फुटबल प्रशंसकका लागि खुला भएको थियो । करिब १ लाख क्षमताको उक्त रंगशाला युरोपकै सवैभन्दा ठूलो र विश्वको ११ औं ठूलो रंगशाला हो ।

होन्डा मोटर कम्पनी स्थापना


सन् १९४८ मा अहिलेको चर्चित होन्डा मोटर कम्पनीको स्थापना भएको थियो । यो विश्वमै सवैभन्दा धेरै मोटरसाइकल उत्पादन गर्ने कम्पनी हो ।

अमेरिकामा ब्ल्याक फ्राइडे


अमेरिकी नागरिक जेम्स फिस्क र जे गुल्ड मातहत रहेका केही स्टक व्यवसायीले सम्पत्तीको रूपमा अत्यधिक सुन संग्रह गरेपछि सुनको मुल्य आकाशिएको थियो । तत्कालिन राष्ट्रपति यूलिसिस एस ग्रान्टको आदेशमा अमेरिकी भण्डारकोष सम्वन्धी निकायले ठूलो परिमाणमा सुन बिक्री गरेपछि केही मिनेटमै सुनको मुल्यमा गिरावट आएको थियो ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार ०७:५३