काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्यो, तीन जना बेपत्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्यो, तीन जना बेपत्ता



काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार बिहीबार राति चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो । कार नदीमा खस्दा एक जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् ।

ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीका अनुसार उद्धार गरिएका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

‌दुर्घटनामा पोखरा महानगरपालिका-७ का प्रेम भुजेल, लेखबहादुर भुजेल र ईश्वी भुजेल बेपत्ता छन् । उनीहरूको खोजबिन भइरहेका प्रहरीले जनाएको छ ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार ०७:३८