कांग्रेसमा हिमाली जिल्लाको अधिवेशन दशैँअघि, बाँकीको दशैँ-तिहारको बीचमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

कांग्रेसमा हिमाली जिल्लाको अधिवेशन दशैँअघि, बाँकीको दशैँ-तिहारको बीचमा



काठमाडौं । समयमै क्रियाशील सदस्यता विवाद टुंग्याउन नसकेको नेपाली कांग्रेसले जिल्ला अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार निर्वाचन समितिसहित बसेको कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लाको अधिवेशन दशैँअघि गर्ने निर्णय भएको हो ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले हिमाली जिल्लामा कात्तिकमै हिउँ पर्ने भएकाले पूर्वनिर्धारित मितिमै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिए । वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा १८ असोजमै जिल्ला अधिवेशन सम्पन्न गर्ने र बाँकी जिल्लाको अधिवेशन भने दशैँ-तिहारको बीचमा गर्ने निर्णय भएको उनले बताए ।

यसअघि नै वडा अधिवेशन सम्पन्न भएका जिल्लामा १८ असोजसम्म पालिका अधिवेशन मात्र सकिने यादवले बताए । क्रियाशील सदस्यता विवाद कायमै रहेका १३ वटा जिल्लाको क्रियाशील सदस्यता विवाद चाँडै टुंग्याएर १० दिनभित्र निर्वाचन समितिलाई विवरण बुझाउने पनि नेताहरूले जनाएका छन् ।

२१ वटा हिमाली जिल्लामध्ये रसुवा र डोल्पामा भने वडा अधिवेशन पनि हुन सकेको छैन । यी दुई जिल्लामा भने दशैँअघि वडा अधिवेशन मात्र सम्पन्न हुने यादवले बताए ।

पछिल्लो निर्वाचन कार्यतालिकाअनुसार ९ असोजमा पालिका अधिवेशन, १२ असोजमा प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १५ असोजमा तथा दुईवटा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन १८ असोजमा गर्ने मिति तोकिएको थियो ।

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार २०:१२