प्रतिनिधिसभाको बैठक ११ असोजमा बस्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्रतिनिधिसभाको बैठक ११ असोजमा बस्ने



काठमाडौं । प्रतिनिधिसभा बैठक ११ असोजमा बस्नेगरी स्थगित भएको छ । बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘अब अर्काे बैठक असोज ११ गते सोमबार दिउँसो २ बजे बस्नेछ ।’

बिहीबारको बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई पारित गरेको छ ।

बिहीबार पनि एमाले सांसदहरूले नाराबाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएर सो विधेयक निर्णायार्थ प्रस्तुत गरेका हुन् ।

आर्थिक वर्ष २०७८/७९को बजेट ल्याउँदा ल्याइएको अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक २०७८, आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई प्रतिनिधिसभाले पारित गरेको छ ।

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार १५:२६