राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित



काठमाडौं । राष्ट्रिय सभाले विनियोजन विधेयक २०७८ लाई पारित गरेको छ । बिहीबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक २०७८लाई बहुमतले पारित गरेको हो ।

एमालेका सांसदहरूले उठेर विरोध जनाइरहेका बेला सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयकलाई निर्णायार्थ प्रस्तुत गरेका थिए ।

विनियोजन विधेयक पारित भएको घोषणा गर्दै सभाध्यक्ष तिमिल्सिनाले भने, ‘अब राष्ट्रियसभाको अर्काे बैठक २०७८ साल असोज ८ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।’

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार १४:३७