राष्ट्रसंघको महासभामा भारतीय विदेशमन्त्री र टर्कीका राष्ट्रपतिबीच जुहारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

राष्ट्रसंघको महासभामा भारतीय विदेशमन्त्री र टर्कीका राष्ट्रपतिबीच जुहारी



जेनेभा । राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्ने क्रममा भारतका विदेशमन्त्री एस जयशंकर र टर्कीका राष्ट्रपति रिसेप तेयिप एड्रोगानबीच जुहारी चलेको छ । टर्कीका राष्ट्रपति एड्रोगानले भारत र पाकिस्तानको विवादास्पद कश्मिरको विषयलाई खोतलेपछि दुई नेताबीच जुहारी चलेको हो ।

‘कश्मिरमा ७४ वर्षदेखि जारी समस्या दुई देशबीचको वार्ता र राष्ट्रसंघको महासभाको संकल्प प्रस्तावबाट समाधान होस भन्ने हाम्रो अडान छ,’ महासभालाई सम्बोधन गर्दै एड्रोगानले भने । एड्रोगानले कश्मिरमा भारतीय सेनाबाट भइरहेका कारबाहीप्रति भारतीय विदेशमन्त्रीको ध्यानाकर्षण गर्दै पाकिस्तानको सहानुभूति बटुल्न खोजेका थिए ।

एड्रोगानले सम्बोधन गरेको केही घन्टापछि भारतीय विदेशमन्त्री जयशंकरले साइप्रसको विषय उठाएका थिए । ‘क्षेत्रीय मामिलामा एड्रोगानको ज्ञानको प्रशंसा गर्छु । साइप्रसको विषयमा राष्ट्रसंघको सुरक्षा परिषद्को संकल्प प्रस्तावलाई पनि टर्कीले सम्मान गरोस,’ जयशंकरले भनेका थिए ।

सन् १९७४ मा भएको क ुपछि टर्कीले साइप्रसमा अतिक्रमण गरेको थियो । त्यसपछि टर्कीले उत्तरी साईप्रसलाई मात्र मान्यता दिँदै आएको छ । एजेन्सी

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार १२:५७