कांग्रेस महाधिवेशन : असोज ९ मै पालिका अधिवेशन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कांग्रेस महाधिवेशन : असोज ९ मै पालिका अधिवेशन हुने



काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको अन्तर्गतको पालिकाको अधिवेशन नसर्ने भएको छ । बुधबार बसेको पूर्व पदाधिकारी र पदाधिकारीको  बैठकले पालिकाको अधिवेशन नसार्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

‘कतिपय जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंगिएन, सार्वजनिक हुन बाँकी छ’, उनले भने, तर, अधिकांश जिल्लामा भने वडा तहको अधिवेशन सकिएको छ । पालिका तहको ९ असोजको मिति तोकिएको छ । सोही मितिमै पालिकाको अधिवेशन हुनेछ । 

वडा अधिवेशन भइसकेको पालिकाको अधिवेशन भने ९ असोजमा गर्ने निर्णय गरेको बैठकले  क्रियाशील सदस्यता टुंगो नलागेको जिल्लाको प्रक्रियासंगत छानबिन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी गराए ।

‘जहाँ समस्या छ, त्यहाँ प्रक्रियासंगत क्रियाशील सदस्यता टुंग्याउने, जहाँ वडा अधिवेशन भएको छ, त्यहाँ पालिका अधिवेशन नरोक्ने निर्णय गरेको छ’, उनले भने । 

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १८:११