नेप्से १०४.८८ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से १०४.८८ अंकले बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से १०४.८८ अंकले बढेर दुई हजार ८ सय १६ दशमलब ९५ विन्दुमा पुगेर रोकिएको हो ।

त्यस्तै, आज नेप्सेमा उच्च अंकको बृद्धि आएपनि कारोबार रकम भने बढ्न सकेन । आज ६ अर्ब १७ करोड ९३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज २३ करोड भन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका २५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा प्रिमियर इन्स्योरेन्स, बेष्ट फाइनान्स कम्पनी, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, आइसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, पञ्चमन्यामाई हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, हिमालयन उर्जा विकास कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर, गुडवील फाइनान्स, जोशी हाइड्रोपावर, महालक्ष्मी विकास बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज करिब १० प्रतिशतले बढेको छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १५:२४